एसडीएफ अध्यक्ष पवन चामलिङले लगाएका आरोपहरूको एसकेएम पार्टीको खण्डन

सिक्किमः एसडीएफ अध्यक्ष पवन चामलिङले लगाएका आरोपहरूको खण्डन गर्दै सत्तारूढ़ एसकेएम पार्टीले उनको बयान निन्दनीय र दुर्भाग्यपूर्ण रहेको बताएको छ । चामलिङले अरूलाई ‘स्याडिस्’ र दुखी प्रवृत्ति’ भन्नु अघि आफ्नो विगतलाई फर्केर हेर्न जरुरी रहेको एसकेएमले बताएको छ ।

एसकेएम पार्टीको प्रचार-प्रसार प्रमुख संयोजक बिकास बस्नेतले आफ्नो शासनकालमा आडम्बरी भएर २५ वर्ष तानाशाही प्रवृत्तिले राज गरेको चामलिङले बिर्सनु हुँदैन भनी प्रेस विज्ञप्तिमा बताएका छन्। उनले चामलिङ सत्तामा हुँदा जनतामाथि धेरै अन्याय र अत्याचार गर्ने गरेको आरोप लगाएका छन् । एसकेएमले राज्यमा शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य क्षेत्रहरूमा भइरहेको विकास र सिक्किमे जनताको दुःख निवारण भइरहेको हेर्न नसक्ने र हेर्न नचाहने पवन चामलिङ सिक्किम विरोधी र गरीब जनता विरोधी रहेको ठहर गरेको छ ।

विज्ञप्ति अनुसार, चामलिङ सत्तामा जनता मात्र नभएर आफ्ना मन्त्रीहरुले पनि मुख्यमन्त्रीसँग भेट गर्न महिनौं प्रतीक्षा गर्नु पर्थ्यो । जनतासँग अमानवीय व्यवहार गर्थे । चुनाउअघि मात्र अनेकों झूटा टोकनहरू वितरण गरेर झूटा आश्वासन दिने गर्थे । चामलिङले वर्तमान सरकारमाथि लगाएको भिक्टिमाइजको आरोप र बिलहरू रोकिदिएको आरोपको पनि एसकेएमले खण्डन गरेको छ। पूर्व मुख्यमन्त्री चामलिङलाई आफ्नो २५ वर्षे कार्यकाल फर्केर हेर्ने सुझाउ दिँदै एसकेएमले चामलिङ सरकारमा प्रत्येक चुनाउपछि पार्टी कार्यालयमा कार्यकर्ता खटाएर भिक्टिमाइजको सूची तयार पार्न लगाउने र भिजिलेन्सको पीडा सहन गर्न लगाउने गरेको आरोप लगाएको छ। राज्यमा एसकेएम सरकार गठन भएपछि जनताले मुख्यमन्त्रीसँग भेट गर्दा, रोगीले उपचार गराउँदा, दूध तथा अन्य कृषि उत्पादहरूमा प्रदान गरिने प्रोत्साहन राशि र सहुलियतहरू वितरणमा पार्टीगत आधारमा पक्षपात र भेदभाव गरिएको छैन भनी विज्ञप्तिमा दाबी गरिएको छ। तर, यसको ठीक विपरीत गतिविधिहरू एसडीएफ पार्टी र पवन चामलिङको सरकारकालमा हुने गरेको आरोप लगाइएको छ । एसकेएमले भनेको छ, विपक्षी नेतालाई कुनै कर्मचारीले अभिवादन स्वरूप हात मिलाउँदा सरूवा र भिक्टिमाइज गरिन्थ्यो तर, आज एसकेएम सरकारले कर्मचारी तथा जनतालाई उत्पीडन गर्यो भन्दै चामलिङले आरोप लगाउनु भनेको कागले आफ्नो नाम काडेजस्तो मात्र हो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement