खरसाङ: भारत जोडो यात्रालाई लिएर खरसाङमा तयारी चलिरहेको छ। आगामी २३ जनवरीको दिन खरसाङ आईपुग्ने भनिएको भारत जोडो यात्रालाई लिएर बजारमा कंग्रेस पार्टीको झण्डाहरू लगाउने कार्य भईरहेको छ। राहुल गाँधीको भारत जोडो यात्रालाई बंगाल प्रदेश कंग्रेसले सागरदेखि पहाड़ यात्रा नाम दिएको छ अनि यसै नाम अनुसार २३ जनवरीको दिन खरसाङ आईपुग्ने भएको छ। यसलाई लिएर ईण्डियन नेशनल कंग्रेस दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट तयारी युध्द स्तरमा चलिरहेको छ। कार्यकर्ताहरूले खरसाङ बजारको विभिन्न स्थानहरूमा पार्टीको झण्डाहरू लगाउने कार्य गरिहेका छन्।

यसै क्रममा खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै ईण्डियन नेशनल कंग्रेस दार्जिलिङ जिल्ला कमिटीको कार्यकारी अध्यक्ष सरोज खत्रीले भारत जोडो यात्रालाई बंगाल प्रदेश कंग्रेसले सागरदेखि पहाड़सम्मको लागि भनेर भारत जोडो यात्रा आयोजना गरिरहेको र आगामी २३ जनवरीको दिन खरसाङ आईपुग्ने भएको जानकारी गराएका छन्। उनले उक्त दिन ईण्डियन नेशनल कंग्रेसको राष्ट्रीय अध्यक्ष मल्लिकार्जुन खड्के, महासचिव प्रियंका गाँधी लगायत बंगाल प्रदेश कंग्रेसको पदाधिकारीहरू र सांसदहरू आउने भएको पनि जनाएका छन्।