तीनधारे: तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोला ग्राम पञ्चायतभित्र पर्ने चारवटा स्वनिर्भर दलहरूद्वारा शिवखोलामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न गरिएको छ। शिवखोलाको गेस्ट हाउस परिसरमा सम्पन्न उक्त नि:शुल्क आँखा जाँच शिविरमा शिवखोला ग्राम पञ्चायतभित्र पर्ने गाउँहरूबाट लगभग ३० जना जति मानिसहरूले आँखा जाँच गराएका थिए। नि:शुल्क आँखा जाँच लगायत ज्वरो, खोकी क अन्य साधारण रोगका दबाईहरू पनि नि:शुल्क रुपमा वितरण गरिएको छ।

शिवखोला ग्राम पञ्चायतभित्र पर्ने चारवटा स्वनिर्भर दलहरू क्रमैले लासाङ स्वनिर्भर दल, शिवखोला स्वनिर्भर दल, योजना स्वनिर्भर दल, प्रयास स्वनिर्भर दल आदि उपस्थित रहेका थिए। उक्त नि:शुल्क आँखा जाँच शिविरमा आँखा रोग विशेषज्ञ डाक्टर सत्यम हुसेन उपस्थित थिए भने गैर सरकारी संस्थाका पदाधिकारीहरू पनि उपस्थित रहेका थिए।