भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातांत्रिक मोर्चा खरसाड महकुमा समितिको तत्वावधानमा मन्टभिट रोडमा अवस्थित पार्टी कार्यालयमा चिम्नी देवराली २८ नम्बर समष्टि, खरसाड गिद्धपहाड २९ नम्बर समष्टि एवं खरसाड टाउन कमिटिका अभिभावक, युवा, नारी र भातृ संगठनका सभापति-सचिवहरूलाई लिएर सांगठनिक सभा खरसाड महकुमा अध्यक्ष सुवास प्रधानको सभापतित्वमा सभा सम्पन्न गरिएकोछ। उक्त सभालाई सचिव प्रणाम रसाईलीले सञ्चालन गरेका थिए। सभामा जीटीएमार्फत् सामूहिक विकास कार्य गरिएता पनि सांगठनिक रूपमा सभाहरू गरी जनसमूहलाई बुझाउने कार्य नभएको विकास मूलक कार्य स्वनिर्भर बन्न धेरै परियोजनाहरू, विभिन्न स्थानहरूमा कृषि बागवानी मेला, गुन्दी फेस्टिवल, टुरिस्ट फेस्टिवलमार्फत् स्वनिर्भर रहन हटिकल्चर -एग्रिकल्चर विभागद्वारा प्रशिक्षण इत्यादि विषयहरू लिएर गाउँ घरमा सभा राखी जागरूक गराउन पार्टी प्रतिनिधिहररूको दायित्व रहने सभामा चर्चा परिचर्चा गरिएको छ। समष्टिहरू अन्तर्गत अभिभावक,युवा। नारी शक्ति एवं भातृ संगठन संयुक्त सभा राखी सांगठनिक धरातल मजबुतिकरण गर्न झट्टै सभाहरू गरिहाल्ने आह्वान गरियो। सांगठनिक धरातल मजबुतिकरण रहे जनहितमा स्वस्थ सुरक्षा लिएर सञ्जीवनी हेल्थ क्याम्प गरी जनहितको सेवाकार्य निरन्तर गरिरहने इत्यादि विषयहरूमा व्यापक चर्चा गरियो साथै सांगठनिक आदान-प्रदान गर्न सांस्कृतिक एवं लोकल टुरिष्ट खरसाडमा भित्राउन विभिन्न कार्यक्रमहरू सम्पन्न गर्न सल्लाह परामर्श गरियो।

सभामा समीरदिप ब्लोन, महेन्द्र प्रधान, मैया ठाकुरी, पेमेन्द्र गुरुड, भक्तिमान तामङ, तपेश्वर राउत, आशा मुखिया लामा, सभासद श्याम शेर्पा, सन्जोक रोका, विशाल शर्माद्वारा सुझाव परामर्श राखिएको थियो भने महकुमा अध्यक्षद्वारा अब उप्रान्त महकुमा समितिको प्रत्येक तीन महिनामा सभा राखेर केन्द्रीय स्तरीय कार्यक्रम एवं महकुमा स्तरीय सांगठनिक कार्य गराउने साथै वाट्सएप्स ग्रुपमा रहेर पनि वाट्सएप्सपको म्यासेज र सूचना हेरेर पनि आगामी दिनहरूमा सभामा उपस्थित नरहने महानुभावहरूलाई सोकज गरिने साथै खरसाड महकुमा अन्तर्गत १२ वटै समष्टिको भिजिट एवं समष्टि स्तरीय जनसम्पर्क गरिने भन्दै सभा बर्खास्त गरिएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको तर्फबाट जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement