कोलकाता: बन्दे भारत एक्सप्रेसमा फेरि ढुंगामुढा गरिएको छ। यस पटक दलखोला स्टेशन नजिकै डाउन न्यू जलपाईगुडी-हावडा बन्दे भारतमा दुष्टहरुले ढुंगामूढा गरेको छ। यसमा बन्दे भारत एक्सप्रेसको सि-६(C-6)को झ्यालका पल्लाहरू ढुङ्गाले लागेर फुटेको छ।

यस रेलभित्र भएका यात्रीहरू सबै यस घटनाबाट त्रसित छन्। उनीहरुले रेलबाट नै यस काण्डको लागि एफआईआर दर्ता गरे। वन्दे भारत एक्सप्रेस राति हावडा स्टेशनमा पुगेपछि यात्रीहरूले यसको जानकारी दिएका थिए।