रंगबुलमा ओपन नक्आउट फूटबलः बीएसके जलपाइगढ़ी सेमिफाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा जलपाइगढ़ीको बलराम स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा शनिवार भएको क्वार्टर फाइनल म्याचमा बीएसके-ले घैयाबारी युनाइटेडलाई ५-०-ले पिट्यो। विजेता टीमबाट नापोलियोनले २ गोल गरे। यसबाहेक मार्टिन, सत्यम शर्मा र यानिकले १-१ गोल गरे। यानिकलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement