१८ जूनमा पश्चिम बङ्गाललाई स्कच अवार्ड प्रदान गरिने

Skoch-Award

कोलकाता। व्यवसायको निम्ति उपयुक्त माहोल बनाई राख्ने मामिलामा पश्चिम बङ्गालले देशमा शीर्ष स्थान हासिल गरेको छ। यस उपलब्धीको निम्ति राज्यलाई सम्मानित गरिनेछ। आउँदो १८ जूनमा दिल्लीमा राज्यलाई स्कच अवार्ड प्रदान गरिनेछ। उपरोक्त जानकारी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार राति ट्वीटरको माध्यमले दिइन्। आफ्नो ट्वीटमा उनले लेखिन्, ‘स्कच स्टेट अफ गवर्नेन्स रिपोर्ट २०२१ मा पश्चिम बङ्गालले व्यापार गर्नमा सुलभता मामिलामा राष्ट्रिय स्तरमा शीर्ष स्थान हासिल गरेको बताउँदा धेरै खुशी लागिरहेछ। १८  जूनमा नयाँ दिल्लीमा हामीलाई स्टार अफ गवर्नेन्स स्कच पुरस्कार प्रदान गरिँदैछ। यो पुरस्कार लगभग १०० नयाँ अनलाइन सेवाहरू शुरू गर्नु, उद्योगमा लगभग ५०० व्यवसाय सम्बन्धी अनुपालन बोझलाई कम गर्नु औं युक्तिसंगत बनाउनु, विभागवार ड्याशबोर्डको विकास आदिमा हामीद्वारा गरिएको पहलको निम्ति दिँदैछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement