रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा बिजनबारी फूटबल क्लब (बीएफसी)-ले फाइनलमा स्थान बनायो। शनिवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा बीएफसी-ले मानेभञ्ज्यांग फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल सुदील राईले गरे। सुदील राईलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको दोस्रो सेमिफाइनल २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।