अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा एकजना शिक्षक पक्राउ

सिलगढी: अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा पुलिसले सिलगढीका एकजना शिक्षकलाई पक्राउ गरिएको छ। सो शिक्षकलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिसले पक्राउ गरेका शिक्षक पंकज कुमार बर्मनको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार पंकज कुमार बर्मन सिलगढी बरदाकान्त विद्यापीठको संस्कृतका शिक्षक हुन्। कुचबिहार निवासी भए तापनि तिनी सिलगढीको १६ नम्बर वार्डस्थित हाकिमपाडामा परिवारको साथमा बस्दै आइरहेका छन्। आमबारी आउटपोस्ट पुलिसले हिजो तिनलाई घरबाटै पक्राउ गरेको बताइएको छ। घटनाक्रम अनुसार, आमबारी आउटपोस्टमा अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर केही लाख रुपियाँ लिएको अभियोग दर्ता गरिएको थियो। उक्त घटनामा आमबारी चिन्तामोहन उच्च विद्यालयको बङ्ग्लाको शिक्षक सन्तोष बर्मनलाई पक्राउ गरेपछि अदालतमा पेश गरेर पुलिस हिरासतमा लिएको छ। सन्तोष बर्मनसित पुलिसले सोधखोज गर्दा पंकज कुमार बर्मनको नाम अघि आएपछि पुलिसले हिजो तिनलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement