दमकल विभागको तर्फबाट मक ड्रिलको आयोजना

photocollage_20226218522767.jpg

सिलगढी। राज्यभरिनै दमकल विभागको तर्फबाट मक ड्रिलको आयोजना गरिरहेको छ। आज सिलगढी दमकल विभागको तर्फबाट सिलगढी संशोधानागरमा मक ड्रिलको आयोजना गरियो। यस अवधि दमकल विभागका अधिकारीहरूले आगलागी भएको खण्डमा आगोलाई चाँडै नियन्त्रणमा ल्याउनको लागि के गर्न सकिन्छ भन्ने विषयमा मक ड्रिलको माध्यमद्वारा देखाए।
दमकल विभागका सिनियर स्टेशन म्यानेजर अजित घोष र शङ्कर बाबुले बताएअनुसार राज्यभरिमै मक ड्रिलको आयोजना गरेर प्राथमिक रुपमा आगो निभाउने पद्धति सिकाइरहेका छौँ।

About Author

Advertisement