लरी र पिकअप भ्यान ठोक्किँदा एकजनाको मृत्यु अर्को एक घाइते

कुचबिहार: तुफानगञ्ज चिलाखाना १ नम्बर ग्राम पञ्चायतको चिलाखाना इलाकाको राष्ट्रिय राजमार्गमा लरी र पिकअप भ्यान ठोक्किएर दुर्घटना भएको छ। यस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन्। मृतक व्यक्ति सञ्जय विश्वास र घाइते व्यक्ति अजय माहातोको रूपमा चिन्हित गरिएको छ। ती दुवैजना उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज निवासी हुन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार एउटा पिकअप भ्यान रायगञ्जबाट तुफानगञ्जतर्फ आइरहेको समय चिलाखाना इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा लरीसित ठोक्किँदा पिकअप भ्यानका चालक र खलासी गम्भीर रूपमा घाइते भएपछि स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई तत्कालै उद्धार गरेर तुफानगञ्ज महकुमा अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले चालक सञ्जय विश्वासलाई मृत घोषित गरिदिए। अर्कोतिर, आशंकाजनक अवस्थामा रहेका खलासी अजय माहातोको तुफानगञ्ज महकुमा अस्पतालमा उपचार चलिरहेको छ। घटनापछि लरी चालक र खलासीले घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनाको खबर पाएर तुफानगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement