नालाबाट अज्ञात व्यक्तिको मृत देह उद्धार

बाघडुग्रा: एक अज्ञात व्यक्तिको मृतदेह बाघडुग्रा संलग्न हाँसखोवा चिया फ्याक्ट्रीको नालाबाट सडेको गलेको अवस्थामा उद्धार भएको छ। जानकारी अनुसार आज चियाश्रमिकहरूले हाँसखोवा चियाकमान नजिकैको नालामा सडेको गलेको अवस्थामा अज्ञात व्यक्तिको शव देखेपछि घटनाबारे बाघडुग्रा थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। स्थानीय मानिसहरूले बताए अनुसार शव सडेको गलेको अवस्थामा रहेकोले यसलाई चिन्हित गर्न सकिएको छैन। लगभग १५- २० दिन अघि सो व्यक्तिको मृत्यु भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement