२ जूनः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत बिहीवार प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगको पहिलो सेमिफाइनल म्याच खेलियो। स्थानीय मेला ग्राउण्डमा भएको म्याचमा कुमुद एफसीले नेक्सस १३-लाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रमेश सुब्बाले २ गोल गरे। यसबाहेक पहिलो हाफमा आकाश प्रधान, कुमार भुजेल र बी सुब्बाले गोल गरे। नेक्सस १३-बाट एकमात्र गोल मनीषले दोस्रो हाफमा छिराए। नेक्सस १३-का फरवर्ड समीर मंगरलाई प्लेयर अव् द म्याचको रूपमा एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल अब ६ जूनमा हुनेछ।










