बन्धन बैंकद्वारा वित्त वर्षको तेस्रो त्रैमासिकमा रु. २ लाख करोड भन्दा बढीको कारोबार

00-Bandan-Bank-1.jpeg

कोलकाता: बन्धन बैंकले आर्थिक वर्ष २०२२-२३ को तेस्रो त्रैमासिकको वित्तीय परिणाम सार्वजनिक गरेको छ। बैंकले सात वर्षको मात्रै कारोबारमा दुई लाख करोड रुपियाँको कोसेढुङ्गा पार गरेको छ। कर्जा प्रवाहमा भएको वृद्धि र सञ्चालनको अनुकूल वातावरणका कारण बैंकले त्रैमासिकमा बलियो वृद्धि देखेको छ। बैंकको कुल व्यवसाय (निक्षेप र अग्रिम) १६% वर्षेनी दरले बढेर ३१ दिसम्बर २०२२ सम्म २,००,०७० करोड रुपियाँ पुग्यो। बैंकले ३६ मध्ये ३४ राज्य र केन्द्र शासित प्रदेशहरूमा ५,७२३ बैंकिङ आउटलेटहरू मार्फत २.८६ करोड ग्राहकहरूलाई सेवा दिन्छ। बन्धन बैंकमा कार्यरत कूल कर्मचारीको संख्या ६६ हजारभन्दा बढी छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढेको छ। कुल निक्षेप अहिले १,०२,२८३ करोड रुपियाँ छ। चालु खाता र बचत खाता (सीएसएसए) अनुपात अहिले कुल निक्षेप पुस्तकको ३६.४ प्रतिशत रहेको छ। प्रगतिको सन्दर्भमा, बैंकले गत वर्षको सोही त्रैमासिकको तुलनामा ११% वृद्धि देखाएको छ। कुल अग्रिम अब रु० ९७,७८७ करोड छ। बैंकको स्थायित्वको सङ्केत, पुँजी पर्याप्तता अनुपात (सीएआर) १९ प्रतिशत रहेको छ, जुन नियामक आवश्यकताभन्दा धेरै हो। बैंकले एसएमई लोन, गोल्ड लोन, पर्सनल लोन र अटो लोन जस्ता क्षेत्रमा पनि आफ्नो पोर्टफोलियो विस्तार गर्दै आएको छ। बैंकले व्यवसायका लागि व्यावसायिक सवारी साधन कर्जा र सम्पत्तिविरुद्ध ऋण जस्ता नयाँ भर्टिकलहरू पनि ल्याएको छ।

बन्धन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखर घोषले तेस्रो त्रैमासिकमा बैंकले वार्षिक आधारमा राम्रो वृद्धिदर हासिल गरेको बताए। उनले भने, ‘बैंकले विभिन्न ग्राहक वर्गका विविध आवश्यकताहरू पूरा गर्न आफ्नो पहुँच विस्तार र उत्पादन सुइटलाई सुदृढ गर्दै आएको छ। बैंकको विविधीकरण एजेन्डा राम्रोसँग ट्र्याकमा छ र सञ्चालनको वातावरण अनुकूल भएकोले बैंक आफ्नो वृद्धिको अर्को चरणको लागि राम्रोसँग तयार छ। हामी करोडौं भारतीयहरूको विश्वास कमाउन भाग्यशाली भएका छौं र हामी उनीहरूको सपनाहरू प्राप्त गर्नको यात्रामा साझेदार बन्ने प्रयास जारी राख्नेछौंl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement