देवाशिषको पराक्रमले गत च्याम्पियन युनाइटेड ब्रदर्स फाइनलमा

photocollage_202262184410773.jpg

२ जूनः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत बिहीवार सुपर डीविजन लीगको पहिलो सेमिफाइनल खेलियो। दर्शकहरूका व्यापक उपस्थितिबीच मेला ग्राउण्डमा खेलिएको सेमिफाइनलमा गत विजेता युनाइटेड ब्रदर्सले एपेक्स एफसीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल स्टार स्ट्राईकर देवाशिष राईले छिराए। म्याचमा मध्यान्तरसम्म चाहिँ दुवै टीमले गोल गर्न सकेको थिएन। म्याच हारे पनि एपेक्स एफसीका नावांग शेर्पालाई प्लेयर अव् द म्याचको रूपमा ट्रफी र एक हजार रुपियाँको पुरस्कार प्रदान गरियो। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ६ जूनमा हुनेछ।

About Author

Advertisement