आकाशमा देखिएको दुर्लभ बादलले सामाजिक सञ्जलमा हलचल

00-Cloud-over-Turkey-sky-1

आकाशमा बादलहरूको विभिन्न किसिममा अनौठो आकारहरू प्राय: देखिन्छ। तर त्यस्ता आकारका बादलहरू देखिए पनि खासै अचम्म मान्दैनन्। तर यहाँ चर्चा छ टर्कीमा देखिएको अनौठो बादलको बारेमाl टर्कीमा मानिसहरूले अनौठो बादल देखे र त्यसको सामाजिक सञ्जालमा विभिन्न चर्चाहरू हुन थालेका छन्। रिपोर्टका अनुसार यो युएफओ जस्तो गुलाबी बादल बिहीबार टर्कीको बुर्सा शहरमा देखिएको थियो, जसको तस्वीर र भिडियो इन्टरनेटमा भाइरल भएको छ। सूर्योदयमा देखिने बादलको बीचमा एउटा ठूलो प्वाल जस्तो आकार थियो। यो अनौठो बादल करिब एक घण्टासम्म देखिने दाबी गरिएको छ। यस विषयमा सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्। एकजनाले ठट्टा गर्दै ट्विट गरे‘उनीहरू अर्थात एलियन्स त्यहाँ केही गर्दै होलान्l’

बीबीसीको एक रिपोर्टमा यो एलियन्सको जहाज नभई यो अति दुर्लभ क्लाउड फर्मेशन भएको बताइएको छ। अर्थात बादलको अति नै दुर्लभ आकार। यसलाई लेन्टिक्युलर क्लाउडभनेर चिनिन्छ, जसको उदाहरण बिहीबार बिहान टर्कीको बुर्सा शहरमा देखिएको थियो। यो शहर पहाडको दायराले घेरिएको छ, जसले गर्दा यो घटना हुने सम्भावना बढी हुन्छ। यो अचम्मको घटनाको भिडियो र तस्वीरहरु सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा शेयर भइरहेका छन्। बाइरोन जे वल्कर नामका एक प्रयोगकर्ताले ट्विटरमा चकित पार्ने दृश्यको फोटो र क्लिप पोस्ट गरे। उनले क्याप्सनमा लेखेका छन् ‘टर्कीमा एउटा असामान्य बिहान। युएफओ लेन्टिकुलर /स्पाइङ फोहन क्लाउड भनिने दुर्लभ प्राकृतिक घटनाको फुटेजl’ यस घटनामा सबै प्रयोगकर्ताहरूले आफ्नो प्रतिक्रिया दिइरहेका छन्। कोही भन्छन्, ‘यो धेरै जादुई दृश्य थियो’, कोही भन्छन्, ‘एलियन्सले त्यहाँ केहि गरिरहेको छl’ जबकि धेरैले यसलाई युएफओ पनि भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement