भारतीय क्रिकेट टीमका दिग्गज विकेटकीपर-ब्याटर रिषभ पन्त कार दुर्घटनामा चमत्कारी रूपले बाँचेपछि अहिले आफ्नो उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा गराइरहेका छन्। कार दुर्घटनामा उनलाई निक्कै चोट लागेको थियो अनि उनको दाहिने घुँड़ाको लिगामेण्ट पनि फाटेको थियो। पन्तले हालै सर्जरी गराए पनि उनको चोट निको हुन धेरै समय लाग्नेछ। यसैकारण उनले भारतीय टीमसँग अन्तर्राष्ट्रिय म्याचको साथमा आईपीएल पनि मिस गर्ने सम्भावना रहेको छ। चोटले गर्दा पन्तले आईपीएलमा खेल्नु सम्भाव नरहे पनि दिल्ली क्यापिटल्स टीमका प्रशिक्षक रिकी पण्टिंग उनलाई टीममा राख्न चाहन्छन्। पण्टिंगको भनाइअनुसार, शारीरिक रूपले फिट नभए पनि पन्तले आफ्नो टीमको मनोबल बढ़ाउन सक्छन्। पण्टिंगले भने, पन्त जस्ता खेलाड़ीलाई प्रतिस्थापित गर्न सकिँदैन। यस्तो गर्नु सजिलो छैन। यस्ता खेलाड़ी सजिलै पाइँदैन। हामीले उनको रिप्लेसमेण्ट खोज्नु पर्नेछ। त्यसै पनि हामी पहिलादेखि नै विकेटकीपर-ब्याटर खोजिरहेका छौं।
पण्टिंगले भने, हप्ता हरेक दिन पन्त हाम्रो डगआउटमा आएर बसोस् भन्ने म चाहन्छु। उनी खेल्नको निम्ति फिट नभए पनि म उनलाई टीमको साथमा राख्न चाहन्छु। यसले टीमको मनोबल बढ़्नेछ। उनी समूहका सांस्कृतिक नेता जस्तै हुन्। कप्तान भएको नाताले अनि उनको मिजास र मुस्कानलाई सबैले मन पराउँछन्। उनी यात्रा गर्न अनि टीमसँग रहन सक्षम भए म पन्तलाई निश्चित रूपले आफ्नो डगआउटमा हेर्न चाहन्छु। आउँदो महिनादेखि भारत र अष्ट्रेलियाबीच चारवटा टेस्ट म्याचको सीरीज शुरु हुनेछ। त्यस सीरीजमा भारतलाई पन्तको कमी अनुभव हुने पण्टिंगले बताए। पण्टिंगले भने, उनले करियरको शुरुवात गर्दा मलाई उनी टेस्ट भन्दा पनि अधिक टी२० र वनडे क्रिकेटमा सफल हुने लागेको थियो तर अहिले आँकड़ा अलग रहेको छ। टेस्ट क्रिकेटमा पन्तको करियर असाधारण रहेको छ। उनले अष्ट्रेलियाको माटोमा पनि असल प्रदर्शन गरेका थिए। यसैकारण आउँदो सीरीजमा होम टीमलाई उनको कमी अवश्यै अनुभव हुनेछ।