
सरस्वती पूजा हिन्दुहरूको महान पर्व हो। यस दिन माता सरस्वतीको पूजा विद्यार्थीहरूद्वारा गरिन्छ। माघ महीनाको पञ्चमी तिथिको दिन प्रत्येक वर्ष गरिने यो पूजा भारतको प्रमुख त्योहारहरू मध्ये एक हो। विद्या अनि सङ्गीतकी देवी सरस्वतीको प्रमुख सवारी मोरलाई मानिन्छ। प्राचीनकालदेखिनै धेरै प्रचलित छ वसन्त पञ्चमीको त्योहार। हिन्दु धर्ममा माता सरस्वतीलाई स्वयं ज्ञानको देवी मानिन्छ। यस दिन प्रत्येक व्यक्तिले माता सरस्वतीको पूजा गरेर मातासित शान्ति, समृद्धि, बुद्धि अनि सफलताको कामना गर्दछन्। यस पूजालाई सरस्वती देवीको जन्मदिनको रूपमा मनाइन्छ। यस दिन भगवान विष्णु अनि कामदेवको पनि पूजा गरिन्छ।धेर जसो शैक्षिक संस्थानहरूमा यस दिन विविध रंगारंग सांस्कृतिक कार्यक्रमअन्तर्गत गीत, सङ्गीत, नाटक आदि प्रस्तुत गरिन्छ।
शिक्षा, ज्ञान अनि उत्कृष्टताको देवी माता सरस्वतीको पूजाको हिन्दु धर्ममा खास महत्व छ। माता सरस्वतीलाई ज्ञानको प्रतीक अनि चार भुजाधारी मानिन्छ। हिन्दु धर्म ग्रन्थहरूमा यसलाई चार वेदहरूको प्रतीक मानिन्छ। यो पूजा भारतमा मात्र होइन, छिमेकी देशहरू जस्तै नेपाल अनि बङ्गलादेशमा पनि बड़ो धुमधामले मनाइन्छ। यस पूजाको उल्लेख हिन्दु धर्म ग्रन्थहरूमा पनि गरिएको हामी पाउँछौं।
पौराणिक मान्यताअनुसार सृष्टिको आरम्भमा माघ शुक्ल पञ्चमी तिथिको दिन ज्ञानकी देवी सरस्वती प्रकट भएकी थिइन्। तिनी ब्रह्माजीको छोरी थिइन्। ब्रह्माजीले सृष्टिको रचनापछि सरस्वतीलाई आफ्नो तेजले उत्पन्न गरेका थिए। यसकारण यो भनिन्छ, सरस्वतीको कुनै माता थिएनन्। तिनले आफ्नो वीणाबाट स्वरलाई जन्म दिएकी थिइन्। यसकारण यस दिन माता सरस्वतीको पूजा गरिन्छ अनि ज्ञान र विद्या प्रदान गर्नको निम्ति प्रार्थना गरिन्छ। माता सरस्वतीको गुरु स्वामी विरजानन्द एक संस्कृत विद्वान, वैदिक गुरु अनि आर्य समाज संस्थापक स्वामी दयानंद सरस्वतीको गुरु थिए। यिनलाई मथुराको अन्धो गुरूको नामले पनि चिनिन्छ।