रिषिहाटमा नक्आउट फूटबल टुर्नामेण्टः चामुंग एफसी क्वार्टर फाइनलमा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रिषिहाट शाखाको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा चामुंग एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा शुक्रवार भएको म्याचमा चामुंग एफसी-ले सोनादा युनाइटेडलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट बिशेष थापाले २ गोल गरे। यसबाहेक निम तामाङ र आशिष छेत्रीले १-१ गोल गरे। यसरी नै सोनादा युनाइटेडबाट दोर्जे तामाङले १ गोल गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement