सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा एमएमएफसी निरपानीले फाइनलमा स्थान बनायो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा शुक्रवार भएको दोस्रो सेमिफाइनल (नाइट) म्याचमा एमएमएफसी निरपानीले दार्जीलिङ एरोजलाई २-१-ले पराजित गऱ्यो। दार्जीलिङ एरोजका गोलकीपर भाइचुङ राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने फाइनलमा एमएमएफसी निरपानी र कञ्चनजंघा एफसी-बीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।