युनाइटेड स्पोर्टिंग क्लब (डीपी साइड, टिस्टा भेल्ली)-को तत्त्वावधानमा आयोजित शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टको पहिलो संस्करणमा दार्जीलिङको १०७ टीए-ले फाइनलमा स्थान बनायो। डीपी साइड मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल म्याचमा १०७ टीए-ले कालेबुङको जर्जियन युनाइटेड एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एन्थोनी छेत्री र करण राईले गोल गरे। १०७ टीए-का प्रबीक घिसिंगलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १४ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २० र २२ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।