नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १३१ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८१,७८१ पुगेकाे छ। त्यहिं गत २४ घण्टामा कोरोनाले २ जनाको मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७३० जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १३५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४९,१११ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,९४० रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,५९,६०७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,४१,७९,८९७ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २,०७,०६७ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,२४,२१,११३ जनाले यो खोप लगाइसकेको छन्।