ग्रीनडेल स्कूलमा फिट इण्डिया स्कूल वीक २०२२ पालन

गान्तोक: राजधानीको तादोङस्थित ग्रीनडेल स्कूलमा विभिन्न कार्यक्रमको साथमा फिट इण्डिया स्कूल वीक २०२२ पालन गरियो। कार्यक्रममा क्षेत्र विधायक जीटी ढुङ्गेल मुख्य अतिथि रहेका थिए। यसरी नै भारतीय खेल प्राधिकरणको गुवाहाटी क्षेत्रीय केन्द्रबाट सह निर्देशक सम्भू यादवको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।

हाइ पर्फमेन्स टीम खेलो इण्डिया, सिक्किमका निर्देशक रेमन छेत्रीले बताएअनुसार भारत सरकारको खेल प्राधिकरणको स्वस्थ भारत अभियानबारे जनचेतना जगाउन यस कार्यक्रमको आयोजना गरिएको हो। उनले थप जानकारी गराएअनुसार भारत सरकारले वर्ष २०१९ देखि यो फिट इण्डिया अभियान आरम्भ गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक जीटी ढुङ्गेलले विद्यार्थी जीवनमा खेलकुदको महत्वमाथि प्रकाश पारे। खेलकुदले मानिसलाई स्वस्थ राख्नुको सथै अनुशासित पनि बनाउने उनले बताए।

यस अवसरमा विद्यार्थीहरूले विभिन्न खेलकुद साथै खेल सम्बन्धित क्वीज प्रतियोगितामा सहभागिता जनाए भने विधायक जीटी ढुङ्गेलले पनि यसमा भाग लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement