लामा गाउँ गोल्ड कपः लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी) फाइनलमा

लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी)-ले फाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा एलकेएससी-ले सिलगढ़ीको कञ्चनजंघा एफसी-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट कुञ्जमान थापाले २ अनि करण थापाले १ गोल गरे। यसरी कञ्चनजंघा एफसी-बाट कप्तान सोनम लेप्चाले गोल गरे। टुर्नामेण्टको फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement