स्म्याक ओपन फूटबल टुर्नामेण्टः मानेभञ्ज्यांग एफसी सेमिफाइनलमा

सूम भेटरन्स क्लब (सूम टी स्टेट, दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्टमा मानेभञ्ज्यांग एफसी-ले सेमिफाइनलमा स्थान बनायो। शुक्रवार भएको क्वार्टर फाइनल म्याचमा मानेभञ्ज्यांग एफसी-ले सेण्ट जोसेफ्स कलेजलाई ६-१-ले पिट्यो। विजेता टीमबाट म्याक्सवेल एक्लैले ४ गोल गरे। यसबाहेक बुस्केट र याओ-ले १-१ गोल गरे। सेण्ट जोसेफ्स कलेजबाट रोही तामाङले गोल गरे। विजेता टीमका टासिक भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड आमन्त्रणी टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव दिवाकर आलेले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement