बाह्र दिवसीय शैक्षिक भ्रमणमा किसान सरकारी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू

पाकिम: बाह्र दिवसीय शैक्षिक भ्रमणमा पाकिम जिल्ला अन्तर्गत किसान सरकारी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू प्रस्थान भएका छन्। नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद शर्माले आज विद्यार्थीहरूलाई शुभकामनासहित शैक्षिक भ्रमणमा प्रस्थान गराए। २९ जना विद्यार्थीलाई उनीहरूको शैक्षिक प्रदर्शनको आधारमा छनौट गरिएको छ। विद्यार्थीहरूले जयपुर, आगरा अनि राष्ट्रिय राजधानी दिल्लीको भ्रमण गर्नेछन्। विद्यार्थीहरूसँग विद्यालयका नौजना शिक्षक र एकजना स्वास्थ्य कर्मी पनि गएको जानकारी विद्यालयका प्रधानाध्यापक डी. शेर्पाले दिएका छन्। विधायक शर्माले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा यस प्रकारको शैक्षिक भ्रमण आयोजना गरिएको बताउँदै विद्यार्थीहरूलाई यस भ्रमणबाट भूरपूर लाभ उठाउन आह्वान गरे। मुख्य शिक्षा अधिकारी एडी छेत्रीले विद्यार्थीहरूमा शैक्षिक भ्रमणको लाभमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई भ्रमणका सम्पूर्ण गतिविधिहरू लेखेर राख्न सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement