खरसाङको स्प्रिङसाइड र जंगपाना चियाबारीमा चेयरम्यान रिलिफ फण्डबाट श्रमिक भवन निर्माणको मांगमा श्रमिकहरूद्वारा गेट मिटिङ सम्पन्न

तीनधारे: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको पक्षबाट गेट मिटिङ गरेर जीटीए चेयरम्यान रिलिफ फण्डबाट श्रमिक भवन निर्माण गरियोस् भनी गरिएको प्रस्तावलाई स्वीकार गरिएको छ। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समितिको निर्देशनमा पहाड़भरि नै चियाबारीहरूमा गेट मिटिङ गरेर चेयरम्यान रिलिफ फण्डबाट श्रमिक भवन निर्माण गर्नलाई जीटीए सभामा प्रस्ताव पारित गरिएको थियो भने उक्त प्रस्तावलाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले विभिन्न चियाबारीहरूमा गेट मिटिङ गरेर समर्थन गरेका छन्। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत महानदीदेखि केही पर रहेको जंगपाना चियाबारीमा पनि गेट मिटिङ गरेर समर्थन जनाइएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्। खरसाङ महकुमा अन्तर्गत स्प्रीङ्साइड चियाबारीमा श्रमिकहरुलाई लिएर गेट सभा सम्पन्न भएको छ। उक्त गेट मिटिङमा कोविडको समयमा चिया श्रमिकहरुलाई सहयोग गर्न हेतुले जीटीए अध्यक्ष अनित थापाको पहलम संग्रह गरिएको जीटीए रिलिफ फण्ड विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त रिलीफ फण्डा श्रमिकहरुलाई वितरण गरिनु पर्ने मांग विषयमा उक्त गेट मिटिङमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनद्वारा श्रमिक भवन निर्माण गरियोस् भन्ने कुरालाई समर्थन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन खरसाङ महकुमा समिति जोनल अनि शाखा प्रतिनिधिहरूले उक्त विषयमा धेरै सभाहरू गरेर जानकारी लिए अनुसार उक्त रिलिफ फण्ड श्रमिकहरुमा वितरण गरिए एक व्यक्तिले केवल ३०३ रूपियाँ मात्र पाउने भएकोले उक्त रकमले केही हुन नसक्ने युनियनले ठहर गरेका छन्। जीटीए कार्यपाल अनित थापाको सोच र विचारलाई पूर्ण सहमति जनाउँदै खरसाङस्थित स्प्रीङसाइड चिया बगानमा श्रमिकहरुले श्रमिक भवनको मांग राखेको छन्। श्रमिक भवन निर्माण भए सबैले यसको सुविधा पाउने बताउँदै मेडिकल कलेजमा हाम्रो आफन्तहरू बिमारी भएर लान परेमा बिमारीको आफन्तहरू बस्ने कुनै व्यवस्था नै छैन मानिसहरूले धेरै समश्यहरू भोग्न पर्ने हुन्छ यसैले उक्त रकममा श्रमिक भवान निर्माण भए ठुलो सहयोग हुने बताए। श्रमिकहरुलाई विशेष हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन खरसाङ महकुमा समिति महासचिव भक्तिमान तामाङले सम्बोधन गरेका थिए। ३०३ रुपियाँ होइन श्रमिक भवन चाहिन्छ भनी खरसाङको स्प्रिङसाइड चिया बगानका श्रमिकहरूले मांग गरेका छन्। शुक्रवारको दिन खरसाङको स्प्रीङ्साइड चिया बगानका श्रमिकहरुलाई लिएर बगानमा एक सभा राखियो। सभामा जीटीए चेयरम्यान रिलीफ फण्ड विषय श्रमीकहरुसित चर्चा गरियो। सभामा सबै श्रमीकहरुले हामीलाई ३०३ रुपियाँ होइन श्रमिक भवन बनाइदिनुपर्छ अनि यो हाम्रो भनाइ जीटीए मुख्य कार्यपाल अनित थापालाई सुनाईदिने सबै श्रमीकहरुले एक स्वरमा भनाइ राखेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement