लोवर मन्सी गाउँमा बाटोेको खनन कार्य तीव्रपार्टी पोलिटिक्स एक ठाउँमा छ अनि मेरो समाजिक कार्य एक ठाउँमा छ: अजय एडवार्डस

दार्जीलिङ: लोवर पुलुङदुङ मन्सी गाउँमा बाटोको खनन कार्य धमाधम।लोवर पुलुङदुङ मन्सी गाउँको बासिन्दाहरूले आफुहरूको गाउँमा बाटो नभएको गुनासोहरू हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस समक्ष पोख्दै आई रहेका थिए।स्थानीय गाउँबासीहरूको दुखो लाई ध्यानमा राख्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस ले बाटोको खनन कार्यको निम्ति जेसीपी पठाई दिएका थिए अनि जेसीपीले बाटोको खनन कार्य तीव्र रूपमा चलाउँदै आई रहेको छ। लोवर पुलुङदुङ मन्सी गाउँको बाटोको खनन कार्य के कति भयो अनि कस्तो प्रकारले खनन कार्य चली रहेको छ भन्ने विषयमाथि निरक्षण गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस कार्य स्थलमा पूगेका थिए। यस अवधि पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँमा साथ रहेका थिए।त्यसरी नै पार्टीको स्थानीय कार्यकर्ताहरू पनि साथमा रहेका थिए।यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले स्थानीय गाउँबासीहरूसंग पनि भेटवार्ता गरयो। गाउँलेहरूसंगको कुराकानीमा पार्टी पोलिटिक्स एक ठाउँमा छ अनि मेरो समाजिक कार्यहरू एक ठाउँमा छ। तपाई हामीले जहिले पनि राम्रो सोच लिएर काम गर्न पर्छ भन्ने आहवान गरयो।स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको प्रशंसा गर्दै वहाँको सोच जस्तै कार्यहरू रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement