फ्रेञ्च ओपनः रुड र सिलिचको साथमा स्वियातेक सेमिफाइनलमा

photocollage_202262114027107.jpg

२ जूनः असल लयमा रहने नर्वेका स्टार खेलाड़ी कास्पर रुडले फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा स्थान बनाए। आठौं वरीयता प्राप्त रुडको कुनै पनि ग्राण्ड स्ल्याममा यो पहिलो सेमिफाइनल हो। यसरी नै महिला एकलमा विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेक पनि सेमिफाइनलमा पुगिन्। बुधवार खेलिएको क्वार्टर फाइनलमा डेनमार्कका रुडले होल्गर रुनलाई ६-१, ४-६, ७-६ (७-२), ६-३-ले पराजित गरे। तीन घण्टा १८ मिनटसम्म चलेको यस म्याचमा रुडले पहिलो सेट त ६-१-ले सजिलै जिते। पहिलो सेटपछि चाहिँ रुड समस्यामा परे अनि रुनले दोस्रो सेज ६-४-ले जितेर म्याचमा बराबरी हासिल गरे। त्यसपछि चाहिँ रुडले पछि फर्किएर हेरेनन् अनि लगातार दुईवटा सेटको साथ सेमिफाइनलको टिकट हासिल गरे। सेमिफाइनलमा रुडको भिड़न्त २०१४-का अमेरिकी ओपन विजेता मारिन सिलिचसँग हुनेछ। अनुभवी ३३ वर्षीय क्रोएशियाई खेलाड़ी सिलिचले ३३ वटा ऐसको साथ सातौं वरीयता प्राप्त आन्द्रेई रुबलेव विरुद्ध चार घण्टा १० मिनटसम्म चलेको म्याचमा ५-७, ६-३, ६-४, ३-६, ७-६ (१०-२)-ले जीत हासिल गरे। सिलिच २०१७-मा विम्बल्डन अनि २०१८-को अष्ट्रेलियन ओपन फाइनलमा रोजर फेडरर विरुद्ध पराजित भएका थिए। यसअघि उनी अन्तिमपल्ट चार साल अघि कुनै ग्राण्ड स्ल्यामको सेमिफाइनलमा पुगेका थिए। अन्य एउटा सेमिफाइनलमा विश्वका नम्बर एक खेलाड़ी नोवाक जोकोविचलाई पराजित गर्ने स्पेनिश स्टार रफायल नडालले जर्मनीका अलेक्जेण्डर ज्वेरेवको चुनौती स्वीकार्नेछन्।
यसरी नै महिला एकलमा विश्वकी नम्बर एक खेलाड़ी स्वियातेक पनि सेमिफाइनलमा पुगिन्। पोल्याण्डकी यस खेलाड़ीले क्वार्टर फाइनलमा ११औं वरीयता प्राप्त अमेरिकी खेलाड़ी जेसिका पेगुलालाई सीधा सेटमा ६-३, ६-२-ले पराजित गरिन्। यसरी स्वियातेक लगातार ३३औं म्याचमा जीत दर्ता गर्न सफल भइन्। अहिले उनी सेरेना विलियम्सकी लगातार ३४ वटा म्याच जित्ने रेकर्डदेखि केवल एक जीत टाढ़ा छिन्। साल २०२०-की च्याम्पियन स्वियातेकले सेमिफाइनलमा २०औं ऱ्यांकिंग भएकी रुसकी खेलाड़ी दारिया कासातकिना विरुद्ध खेल्नेछिन्। कासातकिनाले क्वार्टर फाइनलमा आफ्नै देशकी वेरोनिका कुदेरमेतोवालाई ६-४, ७-६-ले पराजित गरिन्। यसरी उनी पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको सेमिफाइनलमा पुग्न सफल भइन्। दोस्रो सेमिफाइनलमा १८ वर्षीय अमेरिकी खेलाड़ी कोको गफ र इटलीकी २८ वर्षीय मार्टिना ट्रेविसानबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement