सिलगढी: सिलगढीका नगरनिगमका मेयर गौतम देवले सिलगढी सहरलाई फोहोर मैला मुक्त बनाउने उद्देश्य लिएर पहल शुरू गरेका छन्। जीरो वेस्ट सिटी बनाउने उद्देश्य लिएर सिलगढी नगरनिगमले ५ करोड ९ लाख ५२ हजार रुपियाँको लागतमा ६० वटा फोहोर मैला फ्याँक्ने वाहन परिसेवा शुरू गरेको छ। आज ४० वटा वाहनको मेयर देवले उद्घाटन गरे। आगामी केही दिनको अवधिमा अन्य २० वटा वाहन परिसेवा शुरू गरिनेछ यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषदका मानिक दे लगायत अन्य उपस्थित थिए। मेयर देवले भने, सहरका मानिसहरू जागरूक भए जीरो वेस्ट सिटी बनाउन सम्भव हुनेछ। यसैले सबै सहरवासीले सहयोग गर्ने तिनले अपील गरे।









