सिलगढी: सिलगढी नगरनिगमले सिलगढीको सूर्यसेन पार्कलाई नयाँ रूपमा सजाउने उद्देश्य लिएर विविध पहल शुरू गरेको छ। सम्बन्धित विभागीय अधिकाहरूको साथमा आज मेयर गौतम देवले सूर्यसेन पार्कको निरीक्षण गरे। यस अवधि पार्कको चारैतिर निरीक्षण गर्नको साथै आर्किटेक्टसित कुराकानी पनि गरे। मेयर देवले भने, सूर्यसेन पार्कमा केही परिवर्तन गरिनेछ यस विषयमा कुराकानी चलिरहेको छ। यस पार्क मानिसहरूको लागि अझ आकर्षणीय बनाउने योजना रहेको तिनले बताए।









