रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा अजम्बरी रंगबूलले सेमिफाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा शुक्रवार भएको क्वार्टर फाइनल म्याचमा अजम्बरी रंगबूलले दार्जीलिङको तरुण खेलकुद संघलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्री र नयन प्रधानले २-२ गोल गरे। यसबाहेक धनराज (वांगचुक) तामाङले १ गोल गरे। तरुण खेलकुद संघबाट एडविन र अनिश छेत्रीले गोल गरे। सिद्धान्त छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









