दार्जीलिङ: विगत कोभिडको समयमा रिलिफ फण्ड संग्रह गरिएको थियो। यस रिलिफ फण्ड लिएर निकै चर्चा परिचर्चा पनि भएको थियो। गत १९ सितम्बर २०२२ को जीटीए सभाले चेयरम्यान रिलिफ फण्डको रकमले श्रमिक भवन निर्माणमा प्रयोग गर्ने निर्णय लिएको थियो। सो निर्णय ट्रेड युनियनको बैठकले पारित गरेको निर्णय थियो। सो निर्णय अनुरुप नै काम भइरहेको छ भन्ने मन्तब्य साम्देन डुकपा, एक्जिक्युटिभ डिरेक्टर, स्वास्थ्य विभाग, जीटीएले दिएका छन्।









