दोस्रो अम्बोटिया गोल्ड कप: मुनाल फूटबल क्लब क्वार्टर फाइनलमा

पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा सोनादाको मुनाल फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। पाँचघरे खेल मैदानमा शुक्रवार भएको म्याचमा मुनाल फूटबल क्लबले खरसाङको मिक्स्ड अप् बोइजलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट निर्देश राई र भुनेश राईले गोल गरे। यसरी नै मिक्स्ड अप् बोइजबाट युगल तामाङले गोल गरे। टुर्नामेण्टको दोस्रो संस्करणमा जम्मा १२ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २८ र २९ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ५ फरवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा युवा खेलाड़ीहरूलाई मञ्च प्रदान गर्न बोइज अण्डर-१८ फूटबल टुर्नामेण्टको पनि आयोजन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement