हकी विश्व कपः वेल्सलाई पराजित गरे पनि सीधै क्वार्टर फाइनलमा पुग्न असफल भारत

आयोजक भारतले बिहीवार राति वेल्सलाई ४-२-ले पराजित गरे पनि पूल डी-मा दोस्रो स्थानमा रहेर एफआईएच हकी विश्व कपको क्वार्टर फाइनलमा सीधै प्रवेश गर्न सकेन। क्वार्टर फाइनलमा क्वालीफाई गर्न भारतले अब क्रस ओभर म्याचमा न्यूजील्याण्डको चुनौती स्वीकार्नेछ। म्याचमा भारतको तर्फबाट शमशेर सिंहले २१औं र आकाशदीप सिंहले ३२औं मिनटमा लगातार दुई गोल गरे पनि वेल्सले चाँड़ै २ गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्यायो। वेल्सबाट ग्यारेथ फर्लोंगले ४२औं र जेकब ड्रेपरले ४४औं मिनटमा गोल गरे। त्यसपछि आकाशदीपले ४५औं मिनटमा गोल गरी भारतलाई फेरि बढ़त दिलाए। भारतको निम्ति म्याचको चौथो तथा अन्तिम गोल कप्तान हरमनप्रीत सिंहले ५९औं मिनटमा पेनल्टी कर्नरबाट गरे। यसरी भारत र ईंग्ल्याण्डको ३-३ वटा म्याचपछि ७-७ पोइण्ट पुग्यो तर असल गोल अन्तरको आधारमा ईंग्ल्याण्ड ग्रुपको शीर्ष स्थानमा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement