‘रिलिफ फण्ड कहाँ गयो … सिन्टेक्समा … भुडी ठूलो भएकै हो’ … जस्ता नाराहरूले गुन्जियो शहर

दार्जीलिङ: ‘रिलिफ फण्ड कहाँ गयो … सिन्टेक्समा …. भुडी ठूलो भएकै हो …. भएको हो … गरीवको पैसा खाएकै हो … खाएको … ‘आदि नाराहरू लगाउँदै जोइण्ट फोरमले आज विराट रैली निकाल्यो। शहरको रेलवे स्टेशनदेखि शुरू भएको रैलीले शहरको लाडेनला रोड हुदै जीटीए मुख्यलय लाल कोठी पूग्यो। रैलीमा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डस ले पनि अंश ग्रहण गरेका थिए।चिया श्रमिकहरूको नाम मा संग्रह गरिएको पैसा श्रमिकहरूमा वितरण गरिनु पर्छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले शुरूदेखि नै भन्दै आई रहेको छ।स्मरण रहोस कोरोना संक्रमण कालमा अजय एडवार्डसले आफ्नो टीमलाई साथमा लिएर गाउँ गाउँ,चिया बगान,सिन्कोना बगान,फरेस्ट बस्ती आदि क्षेत्रहरूमा राहत श्रमिकहरू वितरण गरेका थिए। लकडाउनको समयमा शहर बजार क्षेत्रहरूमा बसो बासो गर्ने मानिसहरूलाई खाना पकाउँने ग्यास समेत किन्न गाह्रो भएको थियो,त्यस्तो स्थितिमा अजय एडवार्डसले ग्यास भर्ने पैसा,विमारीहरूलाई दवाईको ब्यवस्था,देश विदेशहरूमा अल्झिएर बसेका मानिसहरूको बैंक एकाउण्टमा पैसा हालेर उनीहरूलाई धर ल्याउँने कार्यहरू गरेका थिए।यति मात्र होइन विभिन्न प्रकारको थुप्रै सामाजिक कार्यहरू गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement