गान्तोकः खरसाङका भाजपा विधायक बीपी बजगाईं उपचाराधीन राजनेता बिमल गुरुङ ‘दाजू’ लाई भेट्न आज यहाँको न्यू एसटीएनएम अस्पताल आएका थिए। अपराह्न तीन बजी एसटीएनएम अस्पताल पुगेर त्यहाँ पछिल्ला तीन दिनदेखि उपचराधीने दार्जीलिङको गोर्खा जनमुक्ति मोर्चा पार्टीका अध्यक्ष तथा पूर्व जीटीए अध्यक्ष बिमल गुरुङसित केही समय बातचित गरे। उल्लेखनी छ, जीटीए चुनाउको विरोधमा भोक हड़तालमा बस्दा गुरुङको स्वास्थ्य बिग्रेको थियो।
एक समय गोजमुमो प्रवक्ता अनि बिमल गुरुङको नजिकको मान्छे रहेका विधायक बजगाईंले पछि पत्रकारहरूसित कुराकानी गर्दै केवल मानवताको नातामा बिमल गुरुङको स्वास्थ्य बारे बुझ्न गान्तोक आएको बताए। यसको पछि कुनै प्रकारको राजनीतिक स्वार्थ नलुकेको उनले स्पष्ट पारे। पत्रकारहरूको प्रश्नको जवाफमा अहिले गुरुङको स्वास्थ्यमा धेरै सुधार आएको उनले जानकारी गराए।
यसको साथै गुरुङलाई उपचारको निम्ति गान्तोकको एसटीएनएम अस्पतालमै ल्याउनुको पछि भारतीय जनता पार्टीको कुनै भूमिका नरहेको पनि विधायक बजगाईंले प्रष्ट पारे। उनको भनाइअनुसार अहिलेको मौसमलाई हेर्दा गान्तोक उपचारको निम्ति सिलगढ़ीभन्दा अलव निकल्प रहेको र पछिल्ला करिब तीन वर्षमा एसटीएनएम अस्पतालमा स्वास्थ्य सुविधामा धेरै विकास भएकोले पनि गुरुङलाई यहाँ ल्याइएको हुनसक्ने उनले बताए।