सिलगढीको एउटा भवनमा आगलागी

सिलगढी: हेमन्त मुखोपाध्याय सरणीमा सिलगढी ३० नम्बर वार्डमा आगलागी हुँदा एउटा स्कुटी जलेर खरानी भएको छ। जानकारी अनुसार गत राती स्थानीय मानिसहरूले यस आवासको मुन्तिर आगो लागेको देखे भने एकै क्षणमा त्यहाँ राखेको एउटा स्कुटी जलेर खरानी भएको बताइएको छ। आगलागीबारे दमकल विभागलाई खबर दिएपछि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। मिटर बक्समा सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। आगलागीको खबर पाएर पूर्व काउन्सिलर स्वपन दास घटनास्थलमा पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement