जंगली हात्तीको हमलामा एक व्यक्तिको मृत्यु

राजगञ्ज: जंगली हात्तीको आक्रमणमा एकजना व्यक्तिको मृत्यु भएको छ।यो घटना राजगञ्जको सरस्वतीपुर चियाकमान इलाकाको निरपानिया गाउँमा घटेको हो।हात्तीको हमलामा मर्ने व्यक्ति ४० वर्षीय बाबलु उरावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बाबलु उरावले सरस्वतीपुर चियाकमानमा राति गार्डको काम गर्दथे। चियाकमानको छेउमै रहेको जमिनमा काम गरेर गत साँझ घर फर्किरहेको समय बाटोमा हात्तीको हमलामा तिनको मृत्यु भएको बताइएको छ। वनकर्मीहरूले आज शव उद्धार गरे। मृतक घरको एकमात्र कमाउने व्यक्ति थिए, यस्तो अवस्थामा क्षतिपूरण तथा परिवारका एकजना सदस्यलाई नोकरी दिनुपर्ने परिवार तथा स्थानीय मानिसहरूले वन विभागसमक्ष माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement