गान्तोक। मंगन जिल्लाको रिङजिम नामपताम ग्राम पञ्चायत यूनिटमा ग्रामीणस्तरीय वाल संसद कार्यक्रम आयोजना गरियो। यसै अवसरमा मंगन बजारदेखि पेन्टोकसम्म रेन्बो प्राइड वाक नर्थ सिक्किम एकादमीद्वारा आयोजना गरियो। जिल्लास्तरीय वाल संसद तेञ्जिङ लाचेन्पाले प्राइड वाकको मुख्य उद्देश्य र लक्ष्यबारे जानकारी गराउँदै “बालबालिका र भावी पुस्ताको हैसियतले सबैले मनबाट पूर्वाग्रह र भेदभाव हटाउनु पर्ने र सबैजना एक समान रहेको बताइन्। नारी र पुरूषबीच गरिने भेदभाव हटाउनु पर्ने र संविधानले सबैलाई बराबर हक र अधिकार प्रदान गरेको अवगत गराइन्। यस अवसरमा जिल्ला बाल संरक्षण यूनिटले ग्रामीणस्तरीय वाल संसदलाई अभिनन्दन पनि जनाइय़ो।