दार्जीलिङ: गोरामुमो पुलबिजनबारी समष्टिको आज सांङ्ठ्निक सभा बस्यो। समष्टि अध्यक्ष मोहन सिंह सुब्बाको अध्यक्षतामा बसेको सभालाई गोरायुमो समष्टि अध्यक्ष अमोद लकान्द्रीले संचालन गरेका थिए। समष्टिका प्रतिनिधि बर्ग साथै भ्रातृ संगठनका नेतृत्वहरुको उपस्थित रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। आजको सांङ्ठनिक सभाको उद्देश्य बारे जानकारी गराउदै समष्टि उपाध्यक्ष गाइस सुब्बा भने, गोर्खाहरुको भविष्य केन्द्र सरकारले अब चाडैं सुनिश्चित गर्ने समय आएको छ र हामी केन्द्रिय सरकार संग पुर्ण आशावादी छौं भनी गाइस सुब्बाले जनाएका छन्। गोर्खाल्याण्ड आन्दोलनका जन्मदाता, राजनैतिक चेतक, गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको नवौं पुण्यतिथिमा गोरामुमो केन्द्रीय समिति द्वारा मञ्जु पार्क मिरिकमा आयोजना हुन लागिरहेको श्रद्धाञ्जली सभा साथै सुवास घिसिङ अनि वहाँको धर्मपत्नी धनमाया घिसिङको समाधी निर्माण हेतु भूमि पुजा एवं भूमि शुद्धीकरण कार्यक्रमलाई समष्टिले पुर्ण रुपमा समर्थन अनि स्वागत जनाउदै उक्त दिन समष्टिले कार्यक्रमलाई सफल बनाउन हेतु समष्टिले आफ्नो व्यापक उपस्तिथि दिइने सभाले प्रस्ताव पारित गरेको गाइस सुब्बाले जानकारी दिएका छन्।
उनले सुवास घिसिङका अनुयायीहरु समष्टि कमिटी, भ्रातृ संगठनका सम्पुर्ण प्रतिनिधि बर्ग अनि कार्यकर्ताहरु उक्त दिन मञ्जु पार्कमा भेला भएर आप्पा सुवास घिसिङ अनि आमा धन कुमारी घिसिङलाई साँचो श्रद्धाञ्जली अर्पण गरिदिने अपिल समेत गरेका छन्।