मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईद्वारा ७६ वटा घरको उदघाटन

IMG-20220601-WA0151.jpg

गान्तोक। दक्षिण जिल्लाको पोकलोक कामराङ, नाम्ची सिंङ्गीथाङ र मल्लीमा कूल ७६ वटा सिक्किम गरीब आवास योजना अन्तर्गत निर्माण गरिएको घरको उदघाटन गरियो। यस घरको उदघाटन मुख्यमन्त्रीका धर्मपत्नी कृष्ण राईले गरेकी हुन्। उक्त कार्यक्रममा मल्ली निर्वाचन क्षेत्रकी विधायक फरवान्ती तामाङ, जिल्ला अध्यक्ष छिरिङ देम भोटिया, मुख्यमन्त्रीकी अतिरिक्त राजनीतिक सचिव अञ्जिता राजालिम लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कृष्ण राईले सिक्किम गरीब आवास योजनाबारे प्रकाश पारिन्। राज्यका गरीबवर्गले पनि राम्रो घरमा बस्न पाउनु पर्छ भन्ने सोंच राखेर वर्ष २०२० यो योजना शुरू गरेको बताइन्। यस योजनाअन्तर्गत राज्यमा पहिलो चरणमा ३०५० घरहरू बनाउने लक्ष्य राखेर शुरू गरिएको हो। वर्ष २०२० मा भारतदेश लगायत विश्व नै कोरोनाको संक्रमणकालमा गुज्रिरहेको थियो तर सिक्किम सरकारले त्य़स्तो अवस्थामा पनि यति ठूलो योजना शुरू गरेको अवगत गराइन्। यसरी संक्रमणकालमा पनि खण्ड विकास अधिकारी र ठेकादारले घर निर्माण कार्य युद्धस्तरमा शुरू गरेकोमा उनले धन्यवाद दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement