गोर्खाले न्याय नपाएसम्म गोर्खा स्वाभिमान संघर्षले आफ्नो संघर्षलाई जारी राख्नेछ: आशिष छेत्री

दार्जीलिङ: जबसम्म गोर्खाले न्याय पाउँदैन तबसम्म गोर्खा स्वाभिमान संघर्षको संघर्ष जारी रहनेछ यो मनतब्य हाम्रो पार्टी युवा कार्यकर्ता आशिष छेत्रीले पोखेको हो। शहरको क्यापिटल हलको प्रांगनमा गत केही दिन अधिदेखि गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आई रहेका छन। अायोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टीको युवा कार्यकर्ता आशिष छेत्रीले जबसम्म गोर्खाहरूले न्याय पाउँदैन तबसम्म गोर्खा स्वाभिमान संघर्षले आफ्नो संघर्षलाई जारी राख्नेछ। तिनले अधि भने गोर्खा स्वाभिमान संघर्षको यो मंच कुनै पार्टी विशेषको स्वर्थको निम्ति बनाएको मंच होइन, ब्यक्ति स्वर्थको निम्ति बनाएको मंच होइन यो मंच गोर्खाहरूलाई न्याय दिलाउँन बनाएको मंच हो छेत्रीले भने। गोर्खा स्वाभिमान संघर्षको यो संघर्षलाई पहाडको कतिपय नेतृत्वहरूले केही दिनको लागि मात्र हो भन्ने गर्दैछ तर जबसम्म गोर्खाले न्याय पाउँदैन, जबसम्म पहाडले न्याय पाउँदैन तबसम्म गोर्खा स्वाभिमान संघर्षले आफ्नो संघर्षलाई निरन्तर रूप दिनेछ छेत्रीले भने।तिनले अधि भने २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा हामी सडकमा ओर्लिएका थियौ। आन्दोलन जो जस्तो भएर गएर तर आन्दोलन लाई राज्य सरकारको शरण आत्मा सम्र्पण गर्ने जो कार्यहरू भयो, त्यो अति नै दुखद अनि पिडा दायक भएको थियो अनि भएको छ। त्यस अवधि तिमीहरूले पहाडमा शान्ती ल्याउँछौ भनेको थियौ, आन्दोलनमा पक्राउ परेका आन्दोलनकारीहरू आजसम्म जेलमा नै छन, १०५ दिनको बन्द अवधिमा चिया श्रमिकहरूले नपाएको रोजी तिमीले दिलाउँन सकेनौ तर तिमीले पहाडबासीहरूको पक्षमा कुनै काम गर्न सकेनौ केवल आफ्नो स्वर्थको निम्ति मात्र कार्यहरू गरयौ छेत्रीले भने। तपाईहरू बार बार भन्दै आई रहनु भएको हामी सरकारसंग मिलेर काम गर्छौ भन्दै आई रहेका छौ, ठीकै छ तपाईहरू सरकारसंग मिलेर काम गर्नु होस तर गोर्खा स्वाभिमान संधर्षको मार्गमा पनि बाधा पूराउँने काम नगरोस छेत्रीले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement