वन विभागले आफ्नो जग्गा अतिक्रमणबाट मुक्त, जग्गाधनी पक्राउ

सिलगढी: वन विभागले सिलगढीको फराबादी नेपाली बस्ती क्षेत्रमा अवैध निर्माणविरुद्ध अभियान चलायो। यो अवैध अतिक्रमण मुक्त गर्न वन विभाग बैकुन्थपुर डिभिजनको डबग्राम रेन्जले अभियान चलाएको थियो। वन विभागको जग्गामा अवैध रुपमा दुईतले घर निर्माण भएको खुलेको छ।केही महिनाअघि वन विभागले घर भत्काउन सूचना जारी गरे पनि घरधनी डीभी क्षेत्रीले पनि ध्यान दिएनन्। अन्ततः वन विभागले अवैध निर्माणविरुद्ध अभियान थालेको छ। वन विभागका डीएफओलगायत उच्च पदस्थ अधिकारीको उपस्थितिमा घर भत्काइएको हो। घरधनीलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement