सिलगढी: एक सूचनाको आधारमा कार्य गर्दै, घोष पुकुर वन विभागले तस्करी घटनामा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। एसएसबीका जवानले गए राति भारत–नेपाल सीमा क्षेत्र खोरीबारीबाट तीनजना शंकास्पदलाई पक्राउ गरेको बताइएको छ। खोजीका क्रममा उनीहरूको साथबाट दुई वटा हात्तीको दाँत बरामद भएको थियो। वन विभागको घोष पुकुर रेन्जमा सम्पर्क गरेपछि रेन्जर सोनम भुटियाको नेतृत्वमा वनकर्मी घटनास्थल पुगेर अभियुक्तलाई पक्राउ गरेका थिए। शुक्रबार सिलगढी डिभिजनल कोर्टमा पेश गरिनेछ। बिहारतर्फ लैजाँदै गर्दा अभियुक्तको चारपाङ्ग्रे पिकअप भ्यानबाट यी दुई दाँत बरामद भएको बताइएको छ। पिकअप भ्यान पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा असित टोप्पो, अनिल उराँउ, पुनीलाल नागेशिया रहेका छन्। उनीहरू सबै खपरैलका बासिन्दा रहेको बताइएको छ। यस सम्बन्धमा घोषपुकुरका रेन्जरले यस विषयमा अनुसन्धान भइरहेको बताए ।