विधायक ढुङ्गेलले गरे होली क्रम विद्यालयको निरीक्षण

IMG-20220601-WA0148.jpg

गान्तोक। तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेलले आज होली क्रस विद्यालयको निरीक्षण गरे। यस अवसरमा विधायक ढुङगेलसँग पार्षद छेवाङ थेन्डुप लेप्चा,पार्षद रूविना गुरूङ लगायत विभागका अभियन्ताहरू पनि साथमा रहेका थिए। उक्त विद्यालयको निरीक्षण गरिनुको प्रमुख उद्देश्य विद्यालय सडक किनारमा रहेको हुनाले नालाको पानीले केही क्षति पुऱ्याएको थाह पाएपछि वास्तविकता बुझ्न निरीक्षण गरेको बताइएको छ। त्यहाँको पाइपलाइन बर्खाको मौसममा बन्द हुने गर्दा सडकमा पानी बग्ने गर्दछ। यसरी सडकमा पानी बग्दा विद्यार्थी साथै शिक्षकवर्गलाई हिँडनमा केही समस्या भएको विधायकलाई अवगत गराइयो। विधायक ढुङ्गेलले अभियन्ताहरूलाई पानी बग्ने नाला साथै पाइपलाइन सफा गर्नुपर्ने निर्देश दिएका छन्। उनले विद्यालय अघिको राष्ट्रीय राजमार्गमा जेब्रा क्रसिङको बनाउनु पर्ने सुझाउ दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement