दार्जीलिङ: आजको दिन स्प्रीङ्साइड चिया वगानका श्रमीकहरुलाई लिएर वगानमा एक सभा राखियो। सभामा जीटीए चेयरम्यान रिलीफ फण्ड विषय श्रमीकहरुसित चर्चा गरियो। सभामा सबै श्रमीकहरुले हामीलाई ३०३/- रुपिया होइन श्रमीक भवन बनाइदिनु पर्छ अनि यो हाम्रो भनाइ माननिय जीटीए मुख्य कार्यपाल श्रीमान अनित थापा ज्यु लाई सुनाइदिने सबै श्रमीकहरुले एक स्वरमा भनाइ राखे।