खरसाङ: खरसाङको वार्ड नम्बर सातको सद्भावना समाजको साधारण सभा समाजकै सभापति अवतारी शर्माको सभापतित्वमा स्थानीय एथेन्स स्कूलमा सम्पन्न भयो। यस सभालाई सह सचिव विरेश लामाले सञ्चालनले गरे।
सभामा समाजका वरिष्ठ सदस्यहरुले यसपाली हुने जीटीए सभाको निम्ति यस समाजकै मुख्य सल्लाहकार श्याम शेर्पालाई खरसाङ देवराली २८ नम्बर समष्टिबाट टिकट दिएकोले भागोप्रमो अध्यक्ष अनित थापालाई धन्यवाद दिइयो। सभामा सबै सदस्यहरुले श्याम शेर्पालाई विपुल मतले विजय गराउन एउटा प्रस्ताव पनि पारित गरेको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी श्याम शेर्पालाई समष्टि साथै खरसाङलाई सुन्दरीकरण गर्न विशेष पहल गर्नुपर्ने सुझाव पनि सभामा दिइएको छ। विशेष गरी सदभावना वेलफेयर सोसाइटीको सल्लाहकार बालकृष्ण थामीले आफ्नो वक्तव्यमा खरसाङ देवराली समष्टीबाट भागोप्रमोको प्रार्थी श्याम शेर्पालाई शुभकामना व्यक्त गरेका छन् भनी सह सचिव बिरेस लामाले दिएका छन्।