गेजिङ: गेजिङ प्रहरी चौकीका एसएचओ, पीआई सिलास तामाङ, एसआई जुनी राई, नाइके चिन्तामणि शर्मा, नाइके अर्विथ क्षेत्री र होमगर्ड यमुना गुरुङको नेतृत्वमा रहेको एउटा टोलीले बेपत्ता बालिकालाई स्थानीय प्रहरीको सहयोगमा आजसाँझ गली नम्बर (१) खोरा कोलोनी, जिल्ला गाजियाबाद, युपीबाट उद्धार गरेको जानकारी प्राप्त भएकोछ।
स्मरण रहोस् बालिका १९ दिसम्बर २०२२ देखि गेजिङ्गबाट बेपत्ता भएकी थिइन्। घटनामा नजिकबाट खटिएको अनुसन्धान टोलीले अन्तमा नाबालिगको उद्धार गर्न सफल भएको थियो। नाबालिग अपहरणमा संलग्न गाजियाबाद निवासी दुईजना व्यक्ति सन्तोष र अभिषेकलाई पक्राउ गरेको सुत्रबाट थाहा लागेको छन्। आरोपी व्यक्तिहरूलाई अनुसन्धानको लागि साथै सिक्किम ल्याउनको लागि ०५ दिनको ट्रान्जिट रिमान्ड प्राप्त गर्न नजिकको मजिस्ट्रेट समक्ष पेश गर्ने बताएका छन्।