वाहन जाँचको क्रममा रम्फु चेक पोष्टमा एक व्यक्ति पक्राउ

गान्तोक: सिक्किम रम्फू चेक पोस्टमा नियमित वाहन जाँच गरिन्छ।आज यसै जाँचको क्रममा एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ।पुलिस दलले पक्राउ गरेको व्यक्ति आरिथाङ, गान्तोक निवासी हुन् भनी बताइएको छ। पुलिसले दिएको रिपोर्ट अनुसार, बुधवार रम्फू चेकपोस्टमा नियमित वाहन जाँचको क्रममा एक संदिग्ध व्यक्तिको छानबिन गरियो ।सो व्यक्तिबाट १६७ वटा निलो रंगको क्याप्सुल र ५८ वटा नाइट्राजेपाम ट्याबलेट भेटियो।
पुलिसले आरोपित व्यक्ति विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement